काठमाडौं, २२ वैशाख । सोमबार पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ । आइतबारको तुलनामा आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला १ लाख ८४ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन तोलामा ६ सय रुपैयाँले बढेर १ लाख ८४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी प्र्रतितोला १ हजार ९१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।