काठमाडो, २३ वैशाख । मंगलबार नेपाली बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ । अघिल्लो दिनको तुलनामा आज एकैदिन सुन ५ हजार ३ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन १ लाख ८४ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । सोमबार प्रतितोला १ हजार ९१० रुपैयाँमा कारोबार भएको चाँदी १ हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।