सुनको मूल्य बढ्दा चाँदीको स्थिर, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

अनलाइनसमय |
२४ वैशाख २०८२
सुनको मूल्य बढ्दा चाँदीको स्थिर, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, २४ वैशाख । बुधबार पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ । मंगलबारको तुलनामा आज सुन तोलामा १ हजार ७ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन तोलामा ५ हजार ३ सय रुपैयाँले बढेर १ लाख ८९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी १ हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस