पाकिस्तानमाथिको सैन्य कारबाहीपछि चीनले भन्यो– थप जटिल बनाउने कुनै कार्य नगर्नु

अनलाइनसमय |
२४ वैशाख २०८२
पाकिस्तानमाथिको सैन्य कारबाहीपछि चीनले भन्यो– थप जटिल बनाउने कुनै कार्य नगर्नु

काठमाडौं, २४ वैशाख । भारत र पाकिस्तानबीच तनाव बढेपछि चीनले दुवै देशलाई शान्त र संयम रहन आग्रह गरेको छ ।

मंगलबार राति भारतले पाकिस्तानमाथि ‘अपरेशन सिन्दूर’ नाम दिई हवाई आक्रमण गरेपछि चिनियाँ विदेश मन्त्रालयले पाकिस्तानमाथि भारत सरकारले गरेको सैन्य कारबाहीलाई खेदजनक भन्दै दुबै देशलाई संयम रहन आग्रह गरेको हो ।

दक्षिण एसियाली प्रतिद्वन्द्वी मुलुकहरूबीच बढ्दो तनावबारे सोधिएको प्रश्नमा मन्त्रालयका प्रवक्ता माओ निङले चीन यो परिस्थितिप्रति ‘चिन्तित’ रहेको बताएका छन् । उनले भारत र पाकिस्तान दुवैलाई स्थितिलाई अझ जटिल बनाउने कुनै पनि कार्य नगर्न आग्रह गरेका छन् ।

प्रवक्ता माओ निङले भनेकी छन्, ‘हामी त्यहाँ भइरहेको सबै गतिविधिलाई चासोपूर्वक हेरिरहेका छौँ । आज बिहानै भारततर्फबाट भएको सैनिक अप्रेसन खेदजनक छ । दुवै देशलाई शान्त र संयम रहन आग्रह गरेका छौँ । थप नराम्रो घटनातर्फ नजान भनिरहेका छौँ ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस