काठमाडौं, २४ वैशाख । कोसी प्रदेशको बर्खे अधिवेशन आगामी जेठ ४ देखि सुरु हुने भएको छ ।
प्रदेश सरकार मन्त्रिपरिषद्को आजको बैठकले बजेट उक्त दिन अधिवेशन आह्वानका निम्ति प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय प्रदेश सरकारका प्रवक्ता रेवतीरमण भण्डारीले जानकारी दिए ।
यसतै बैठकले स्थानीय सरकार सेवा (गठन तथा सञ्चालन) नियमावलीउपर प्रदेश लोकसेवा आयोगको परामर्श लिने निर्णय गरेको छ । बैठकले कारखाना तथा ‘वर्कसप’ सञ्चालन निर्देशिका स्वीकृत गरेको छ ।