काठमाडौं, २४ वैशाख । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अङ्कले बढेको छ । आज नेप्से परिसूचक ६१ दशमलव २६ अङ्कले बढेर दुई हजार ६७२ दशमलव ७ बिन्दुमा कायम भएको हो ।
आज २ करोड ७१ लाख ९४ हजार १९ कित्ता शेयर किनबेच हुँदा हुँदा १० अर्ब ५० करोड १० लाख बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन मंगलबार ८ अर्ब ७४ करोड ७६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज २२७ धितोपत्रको शेयर मूल्य बढ्दा १८ को घटेको छ । यस्तै १ धितोपत्रको भने स्थिर रहेको छ । यसदिन कुल ३०८ धितोपत्र कारोबारमा आएका छन् ।
बुधबार सबै समूहको उपसूचक बढेको छ । यसदिन फाइनान्स समूहको उपसूचक सर्वाधिक ५ दशमलव ५५ प्रतिशतले बढेको छ । हाइड्रोपावर ३ दशमलव १३, निर्जीवन बीमा २ दशमलव ७७, विकास बैंक २ दशमलव ५९, जीवन बीमा २ दशमलव ५४, माइक्रोफाइनान्स २ शदमलव २२, होटेल तथा पर्यटन २ दशमलव १४, बैंकिङ २ दशमलव ८, अन्य १ दशमलव ९९, उत्पादन तथा प्रशोधन १ दशमलव १३, लगानी शून्य दशमलव ९६, म्युचुअल फण्ड शून्य दशमलव ५८ र व्यापार समूहको उपसूचक शून्य दशमलव ५५ प्रतिशतले बढेको छ ।
आज चार कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्नेमा नेपाल माइक्रो इन्सुरेन्स,क्रेष्ट माइक्रो लाइफ इन्सुरेन्स, आम मेगाश्री र बुटवल पावर रहेका छन् । त्यस्तै पिपुल्स हाइड्रोपावर शेयर मूल्य ९ दशमलव ९८ प्रतिशतले बढेको छ ।
यसदिन न्यादी हाइड्रोपावरको ४ दशमलव ४३, लक्ष्मी भ्यालु फण्ड–२ को ३ दशमलव ०२, मनकामना इन्जीनियरिङ हाइड्रोपावरको शेयर मूल्य २ दशमलव ५६ प्रतिशतले घटेको छ ।