काठमाडौं, २५ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले न्युजिल्याण्ड र ब्रुनाइ दारुसलामका लागि नेपालको गैरआवासीय राजदूत नियुक्त गरेका छन् ।
राष्ट्रपति पौडेडले अष्ट्रेलियाका लागि नेपालका आवासीय राजदूत चित्रलेखा यादव न्युजिल्याण्डका लागि गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरेका हुन् ।
यसैगरी मलेसियाका लागि आवासीय राजदूत डा. नेत्रप्रसाद तिम्सिनालाई ब्रुनाइ दारुसलामका लागि गैरआवासीय नेपाल राजदूत पदमा नियुक्त गरेका छन् ।
राष्ट्रपति पौडेलले उनीहरुलाई संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषदको सिफारिसमा गैरआवासीय राजदूतको रुपमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
