काठमाडौं, २६ वैशाख । भारत र पाकिस्तानबीच बढ्दो द्वन्द्वका कारण जारी इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट २०२५ स्थगित भएको छ ।
पाकिस्तानसँग बढ्दो तनावका बीच बीसीसीआईले आईपीएल अनिश्चितकालका लागि स्थगित गर्ने निर्णय गरेको हो ।
आइपीएलमा अहिलेसम्म ५८ खेल भइसकेका छन् । अब समूह चरणमा १२ खेल मात्रै खेलाउन बाँकी छ । प्रतियोगिताको फाइनल मे २५ मा हुने तय भएको थियो ।
बिहीबार राति पाकिस्तानले भारतको जम्मू, पञ्जाब र राजस्थान सीमामा मिसाइल र ड्रोनले आक्रमण गरेपछि हिमाञ्चल प्रदेशको धर्मशालामा पञ्जाब र दिल्लीबीचको खेल चल्दाचल्दै रोकेर रद्ध गरिएको थियो ।
दिल्ली क्यापिटल्स र पञ्जाब किङ्सबीचको खेल १०.१ ओभरमा पुग्दा अचानक फ्लडलाइट निभेको थियो । त्यसपछि रंगशाला पूर्णरुपमा खाली गरिएको थियो । खेलाडी, टिमका सदस्य र अफिसियलहरूलाई सुरक्षित स्थानमा सारिएको थियो ।