नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न सांसदलाई कांग्रेसको ह्विप

अनलाइनसमय |
२८ वैशाख २०८२
नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न सांसदलाई कांग्रेसको ह्विप

काठमाडौं, २८ वैशाख । सत्तारुढ दल नेपाली कांग्रेसले सरकारले ल्याएको नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्विप जारी गरेको छ ।

कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले ह्विप जारी गरेका हुन् ।

आज संसद्मा सरकारको वार्षिक नीति तथा कार्यक्रम निर्णायार्थ प्रस्तुत हुने तयारी छ । आजको बैठकमा अनिवार्य उपस्थित भएर तटस्थ नरहन र नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न कांग्रेसले ह्विप गरेको हो ।

सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेले यसअघि नै ह्विप जारी गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस