काठमाडौं, २८ वैशाख । श्रीमतीको हत्या गरेको आरोपमा श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ ।
आफ्नै श्रीमती ३४ वर्षीया विटी हेमरन भन्ने पूजा हेमरनको हत्या गरेको अभियोगमा उनको श्रीमान पक्राउ परेका हुन् ।
कन्काई नगरपालिका–२ सुकेडागी बस्ने ३५ वर्षीय कविराज हेमरनलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।
कविराजले खुकरी प्रहार गर्दा पूजाको घटनास्थलमै मृत्यु भएको थियो । त्यसअगत्तै प्रहरी कार्यालय सुरूङ्गाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।