प्रिन्टर बिग्रिएपछि अत्यावश्यक लाइसेन्स छपाइ बन्द

अनलाइनसमय |
२८ वैशाख २०८२
प्रिन्टर बिग्रिएपछि अत्यावश्यक लाइसेन्स छपाइ बन्द

काठमाडौं, २८ वैशाख । यातायात व्यवस्था विभागले गर्दै आएको अत्यावश्यक सवारीचालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) छपाइ बन्द भएको छ ।

विभागले आइतबार एक सूचना जारी गर्दे २५ वैशाखदेखि प्रिन्टिङ प्रणालीमा समस्या आएका कारण अनिश्चितकालका लागि यो सेवा बन्द भएको जानकारी दिएको हो ।

विभागका अनुसार अध्ययन तथा रोजगारीका लागि विदेश जाने नेपाली नागरिक, शान्ति सेना मिसनमा जाने नेपाली सेना, प्रहरी र गैरआवासीय नेपालीका लागि अत्यावश्यक सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ हुँदै आएको थियो ।

यो काम अब अर्को सूचना प्रकाशन नभएसम्म बन्द भएको विभागको सूचनामा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस