काठमाडौं, २८ वैशाख । कारोबारको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से परिसूचक ११ दशमलव ५३ अङ्कले घटेर दुई हजार ६५० दशमलव ११ बिन्दुमा कायम भएको हो ।
आज २ करोड ४० लाख ११ हजार १४ कित्ता शेयर किनबेच हुँदा १० अर्ब २० करोड २७ लाख बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन बिहीबार ११ अर्ब ६५ करोड ७६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज ८२ धितोपत्रको शेयर मूल्य बढ्दा १६४ को घटेको छ । यसदिन कुल ३०० धितोपत्र कारोबारमा आएका छन् ।
आइतबार होटेल तथा पर्यटन समूहको उपसूचक सर्वाधिक ६ दशमलव ५ प्रतिशतले बढेको छ । विकास बैंक १ दशमलव २७, जीवन बीमा शून्य दशमलव ३१, निर्जीवन बीमा शून्य दशमलव०६ र व्यापार समूहको उपसूचक शून्य दशमलव ०२ प्रतिशतले बढेको छ । यसदिन फाइनान्स ३ दशमलव ७२, अन्इ १ दशमलव ५८, लगानी १ दशमलव ५५, हाइड्रोपावर १ दशमलव २६, बैंकिङ शून्य दशमलव ५१, उत्पादन तथा प्रशोधन शूनय दशमलव ३९, म्युचुअल फण्ड शून्य दशमलव २८ र माइक्रोफाइनान्स समूहको उपसूचक शून्य दशमलव ०९ प्रतिशतले घटेको छ ।
आज चार कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्नेमा नेपाल माइक्रो इन्सुरेन्स, क्रेष्ट माइक्रो लाइफ इन्सुरेन्स, हिमालय हाइड्रोपावर र जोशी हाइड्रोपावर डेभलपमेण्ट रहेका छन् । यस्तै आम मेगाश्रीको शेयर मूल्य ९ दशमलव ९८ प्रतिशतले बढेको छ ।
आज सिन्धु विकास बैंक ७ दशमलव ४५, गुहेश्वरी मर्चेण्ट बैंक एण्ड फाइनान्स ५ शदमवल ६६ र हाइड्रोइलिक्ट्रीसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्टको शेयर मूल्य ४ दशमलव ९५ प्रतिशतले घटेको छ ।