तोलामा ३७ सयले घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

अनलाइनसमय |
२९ वैशाख २०८२
तोलामा ३७ सयले घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, २९ वैशाख । सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा ३ हजार ७ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन तोलामा ५ सय रुपैयाँले घटेर १ लाख ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आइतबार प्रतितोला १ हजार ९ सय ७० रुपैयाँमा काराबार भएको चाँदी आज १ हजार ९ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस