वैदेशिक अध्ययन खर्च नौ महिनामै १ खर्ब नाघ्यो

अनलाइनसमय |
२९ वैशाख २०८२
वैदेशिक अध्ययन खर्च नौ महिनामै १ खर्ब नाघ्यो

काठमाडौं, २९ वैशाख । चालू आर्थिक वर्ष (आव) २०८१/८२ को पहिलो नौ महिनामा वैदेशिक अध्ययनका लागि मात्रै १ खर्ब रुपैयाँभन्दा बढी रकम बाहिरिएको छ ।

नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको चालू आवको चैतसम्मको वित्तीय तथ्याङ्क अनुसार अनुसार चैतसम्ममा उच्च शिक्षाका लागि विदेशी मुलुक जाने विद्यार्थी मार्फत १ खर्ब ३ अर्ब ८४ करोड रुपैयाँ बाहिरिएको छ, जुन गत आवको यसै अवधिको तुलनामा ८ दशमलव ३३ प्रतिशतले बढी हो । आव २०८०/८१ को चैतसम्मा शिक्षातर्फको भ्रमण व्यय ९५ अर्ब ८५ करोड रुपैयाँ थियो ।

विदेश अध्ययनसँगै अन्य पर्यटन खर्चसमेत बढेकाले देशको सेवा खाता थप घाटामा गएको छ । राष्ट्र बैंकका अनुसार चैतसम्ममा कुल भ्रमण व्यय १९ प्रतिशतले वृद्धि भई १ खर्ब ७० अर्ब ३९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय १ खर्ब ४३ अर्ब २२ करोड रहेको थियो ।

सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय ९ दशमलव ५ प्रतिशतले वृद्धि भई ६६ अर्ब ५४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ६० अर्ब ७७ करोड रहेको थियो ।

यसैबीच, खुद सेवा आय घाटा गत वर्षको चैतसम्मको तुलनामा घटेको छ । गत आवको चैतसम्ममा ५० अर्ब ७३ करोडको घाटाबाट बढेर यस वर्ष ८१ अर्ब ५४ करोडमा पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस