आज बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?

अनलाइनसमय |
३१ वैशाख २०८२
आज बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, ३१ वैशाख । केही दिन यता लगातार घटिरहेको सुनको मुल्य आज भने बढेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा ५ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको प्रतितोला १ लाख ८५ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन तोलामा २ हजार रुपैयाँले घटेर १ लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । मंगलबार प्रयतितोला १ हजार ९७० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार ९६० रुपैयाँमा कारोबार भइरहेको छ महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस