काठमाडौं, ३१ वैशाख । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयर धनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
कम्पनीको बैशाख ३१ गते बसेको सञ्चालक समिति बैठकले हाल कायम रहेको चुक्ता पुँजी ५ अर्ब २१ करोड २१ लाख रुपैयाँको १० प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) र ५ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको हो ।
उक्त लाभांश नेपाल बिमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण हुनेछ ।