एकैदिन ३५ सयले घट्यो सुनको मूल्य

अनलाइनसमय |
१ जेठ २०८२
एकैदिन ३५ सयले घट्यो सुनको मूल्य

काठमाडौं, १ जेठ । बिहिबार नेपाली बजारमा एकैदिन सुनको मूल्य प्रतितोला ३ हजार ५ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन तोलामा ५ सय रुपैयाँले बढेर १ लाख ८५ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । बुधबार प्रतितोला १ हजार ९६० रुपेयाँमा कारोबार भएको चाँदी आज १ हजार ९२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस