न्यादी हाइड्रोपावरको शेयर बिक्री तत्काल रोक्न बुटवल पावर कम्पनीलाई धितोपत्र बोर्डको निर्देशन

अनलाइनसमय |
१ जेठ २०८२
न्यादी हाइड्रोपावरको शेयर बिक्री तत्काल रोक्न बुटवल पावर कम्पनीलाई धितोपत्र बोर्डको निर्देशन

काठमाडौं, १ जेठ । नेपाल धितोपत्र बोर्डले बुटवल पावर कम्पनी लिमिटेडलाई न्यादी हाइड्रोपावर लिमिटेडको शेयर बिक्री कार्य तत्काल स्थगन गर्न निर्देशन दिएको छ ।

बोर्डले बुधबार एक सूचना जारी गर्दै बुटवल पावरले प्रस्ताव गरेको ३१ लाख कित्ता शेयर बिक्री प्रक्रिया धितोपत्रसम्बन्धी नियमविपरीत भएको भन्दै सो प्रक्रिया अघि नबढाउन निर्देशन दिएको हो ।

‘बुटवल पावरका सञ्चालकहरु न्यादी हाईड्रोपावर लि. मा समेत सञ्चालक रहेको देखिएको छ’, सूचनामा भनिएको छ, ‘त्यसैले बुटवल पावर कम्पनी लि. ले न्यादी हाईड्रोपावर कम्पनी लि.को शेयर बिक्री गर्ने कार्य धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को नियम ३८ को उपनियम (१क) विपरित रहेको देखिन्छ ।’

यसै सन्दर्भमा बोर्डले बुटवल पावर कम्पनीलाई उक्त बिक्री प्रयासबारे आफ्नो स्पष्ट धारणा र यथार्थ विवरण सहितको लिखित जवाफ पेश गर्न निर्देशन दिएको छ । साथै, जवाफ प्राप्त नहुँदासम्म शेयर बिक्री प्रक्रिया पूर्णरूपमा स्थगन गर्न भनिएको छ ।

गत वैशाख २४ गते बुटवल पावरले आफ्नो स्वामित्वमा रहेको न्यादी हाइड्रोपावरको ३१ लाख कित्ता शेयर बिक्री गर्न लागिएको भन्दै सूचना जारी गरेको थियो । न्यादी हाइड्रोपावरमा बुटवल पावरको नाममा १ करोड ७ लाख ५१ हजार ४५३ कित्ता शेयर रहेको छ

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस