३२.५५ प्रतिशतले बढ्यो डिजिटल भुक्तानी

अनलाइनसमय |
१ जेठ २०८२
३२.५५ प्रतिशतले बढ्यो डिजिटल भुक्तानी

काठमाडौं, १ जेठ । चालू अर्थिक वर्ष (आव)को चैतमा डिजिटल माध्यममार्फत करिब ६८ खर्ब रुपैयाँ भुक्तानी भएको छ ।

नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार गत चैतमा ६७ खर्ब ९६ अर्ब ९५ करोड रुपैयाँ डिजिटल भुक्तानी भएको छ, जुन गत आवको यसै अवधिको तुलनामा ३२ दशमलव ५५ प्रतिशत बढी हो । सो आवको चैतमा ५१ खर्ब २७ अर्ब ६० करोड रुपैयाँ यस्तो भुक्तानी भएको थियो ।

गत चैतमा सबैभन्दा धेरै भुक्तानी रियल टायम ग्रास सेटलमेन्ट (आरटिजीएस)मार्फत भएको छ । यो प्रणालीबाट ४७ खर्ब ४ अर्ब ५९ करोड रुपैयाँ कारोबार भएको छ । यो गतवर्षको यसै अवधिको तुलनामा ३५ दशमलव ६८ प्रतिशत बढी हो । गतवर्ष ३४ खर्ब ६७ अर्ब ३३ करोड रुपैयाँ भएको थियो । यसपछि इलेक्ट्रोनिक चेक क्लियरिङ (इसिसि)बाट ५ खर्ब ४९ अर्ब ५५ करोड, फास्टर पेमेन्ट सिस्टमबाट ४ खर्ब ७० अर्ब ६४ करोड र मोबाइल बैंकिङबाट ४ खर्ब ५० अर्ब ४५ करोड रुपैयाँ भुक्तानी भएको छ ।

कुन प्रणालीबाट कति भुक्तानी ? (रू. १० करोड)मा


स्रोत : नेपाल राष्ट्र बैंक

चालू आवको असोजदेखि क्रस बोर्डर क्यूआरको पनि शूरूआत भएको छ । यद्यपि शूरूदेखि फागुनसम्ममा १ अर्ब २९ करोड २२ लाखको भुक्तानी भएको तथ्याङ्क छ । यस प्रणालीबाट असोजमा १३ करोड ९ लाख, कात्तिकमा १५ करोड ६ लाख, मंसिरमा १९ करोड ३ लाख रुपैयाँ भुक्तानी भएको थियो भने पुसमा ३१ करोड ४ लाख, माघमा २६ करोड, फागुनमा २० करोड ५ लाख र चैतमा २५ करोड २ लाख रुपैयाँको भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस