८.४१ अङ्कले घट्यो नेप्से, ७ अर्ब ८ करोडको कारोबार

अनलाइनसमय |
१ जेठ २०८२
८.४१ अङ्कले घट्यो नेप्से, ७ अर्ब ८ करोडको कारोबार

काठमाडौं, १ जेठ । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से परिसूचक ८ दशमलव ४१ अङ्कले घटेर दुई हजार ६१२ दशमलव ८९ बिन्दुमा कायम भएको हो ।

आज १ करोड ७४ लाख २३ हजार ९४३ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ८ करोड ३३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन बुधबार ८ अर्ब ७३ करोड ६५ लाख रुपैयाँको कारोबार भएको थियो ।

आज ८२ धितोपत्रको शेयर मूल्य बढ्दा १६४ को घटेको छ । यस्तै १ धितोपत्रको भने स्थिर रहेको छ । यसदिन कुल ३२० धितोपत्र कारोबारमा आएका छन् ।

बिहीबार होटेल तथा पर्यटन समूहको उपसूचक सर्वाधिक ४ दशमलव ८९ प्रतिशतले बढेको छ । त्यस्तै व्यापार शून्य दशमलव ७६ र म्युचुअल फण्ड शून्य दशमलव ०४ प्रतिशतले बढेको छ । यसदिन विकास बैंक २ दशमलव २१, अन्य १ दशमलव २८, फाइनान्स शून्य दशमलव ६९, उत्पादन तथा प्रशोधन शून्य दशमलव ४३, निर्जीवन बीमा शून्य दशमलव ३७, बैंकिङ शून्य दशमलव १९, हाइड्रोपावर शून्य दशमलव ५, जीवन बीमा शून्य दशमलव ४ र लगानी शून्य दशमलव ०२ प्रतिशतले घटेको छ ।

आज माइक्रोफाइनान्स समूहको उपसूचक स्थिर छ ।

यसदिन आम मेगाश्रीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । उपकार लघुवित्त ९ दशमलव ६२, बारही हाइड्रोपावर पब्लिक ८ दशमलव ढद्ध, सोल्टी होटेल ८ दशमलव ०५ र नेपाल माइक्रो इन्सुरेन्सको शेयर मूल्य ५ दशमलव २४ प्रतिशतले बढेको छ

यस्तै कर्पोरेट डेभलपमेण्ट बैंक ८ दशमलव ६५, जोशी हाइड्रोपावर डेभलपमेण्ट कम्पनी ७ दशमलव ०६, ग्रिन डेभलपमेण्ट बैंक ५ दशमलव ९८ र सिन्धु विकास बैंकको शेयर मूल्य ५ दशमलव ६९ प्रतिशतले घटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस