काठमाडौं, २ जेठ । गभर्नर बनाउन नहुने भन्दै डा. विश्व पौडेलविरुद्ध दायर भएको रिट सर्वोच्च अदालत प्रशासनले दरपीठ गरिदिएको छ ।
डा. पौडेललाई नेपाल राष्ट्रबैंकको ऐनविपरीत गभर्नर नियुक्त गर्न लागिएको भन्दै अधिवक्ताद्वय प्रतीभा उप्रेती र विशाल थापाले मंगलबार सर्वाेच्चमा रिट पेस गरेका थिए ।
पेस गरेको ४ दिनपछि सर्वोच्च प्रशासनले पौडेलविरुद्धको रिट दरपिठ गरिदिएको हो ।
रिटमा डा. पौडेललाई गभर्नर सिफारिस समितिले गभर्नर नियुक्तिका लागि सिफारिस गरेको नदेखिएको, उनको योग्यता के कति कारणले नपुगेको हो भन्ने प्रमाण नपुगेको लगायतका कारणले रिट दरपिठ भएको सर्वोच्चका सहप्रवक्ता निराजन पाण्डेले जानकारी दिए ।