यूक्रेनको घोषणा : ‘पूर्ण र बिना शर्त युद्धविरामका लागि तयार छौं’

अनलाइनसमय |
२ जेठ २०८२
यूक्रेनको घोषणा : ‘पूर्ण र बिना शर्त युद्धविरामका लागि तयार छौं’

काठमाडौं, २ जेठ । युक्रेनले रुससँग उच्चस्तरीय वार्ताका लागि आफू पूर्णरूपमा तयार रहेको घोषणा गरेको छ । युक्रेनी रक्षा मन्त्री रुस्तेम उमेरोभले टेलिग्राममार्फत विज्ञप्ति जारी गर्दै देशले ‘पूर्ण र बिना सर्त युद्धविराम’को प्रस्ताव अघि सारेको सीएनएनले जनाएको छ ।

उमेरोभ हाल रुससँग वार्ता गर्न टर्कीको इस्तानबुलमा रहेको युक्रेनी प्रतिनिधिमण्डलको नेतृत्व गरिरहेका छन् । उनले वार्ताको पूर्वसन्ध्यामा अमेरिका, बेलायत, फ्रान्स र जर्मनीजस्ता प्रमुख सहयोगी राष्ट्रहरूसँग समन्वय गरी साझा धारणा तय गरिएको जनाए ।

‘हामी यथार्थपरक, न्यायपूर्ण र दिगो शान्ति स्थापनाको मार्ग खोज्दैछौं,’ उनले भने, ‘तर शान्ति तब मात्र सम्भव हुन्छ, जब रुसले ठोस कार्य गर्न तयार हुन्छ ।’ सीएनएन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस