नेपालको बीमा पहुँच दक्षिण एशियाकै राम्रो, तर गर्न बाँकी काम धेरै : सुशीलदेव सुवेदी (अन्तरवार्ता)

अनलाइनसमय |
३ जेठ २०८२
नेपालको बीमा पहुँच दक्षिण एशियाकै राम्रो, तर गर्न बाँकी काम धेरै : सुशीलदेव सुवेदी (अन्तरवार्ता)

काठमाडौं, ३ जेठ । नेपालको बीमा क्षेत्रको सर्वोच्च निकाय नेपाल बीमा प्राधिकरण ५८औं वर्षमा प्रवेश गरेको छ । वि.सं. २०२५ जेठ १ गते स्थापना भएको प्राधिकरणले आज बिहीवार ५७ वर्ष पूरा गरेको हो । स्थापना हुँदा अर्थ मन्त्रालय अन्तर्गतको एउटा निकायको रूपमा रहेको तत्कालीन बीमा समितिले पछि स्वायत्त नियमनकारी निकायको मान्यता पाएको थियो । यस्तै बीमा ऐन २०७९ कार्यान्वयनमा आएपछि बीमा समिति बीमा प्राधिकरणमा रुपान्तरण भएको थियो । यससँगै प्राधिकरणलाई बीमा कम्पनीहरूको नियमन, निरीक्षण, सुपरिवेक्षण र बीमाको पहुँच तथा दायरा विस्तारमा थप सहज भएको छ । प्राधिकरणको पहल तथा प्रोत्साहन र बीमा कम्पनीहरूको सक्रियताले हाल नेपालको जनसंख्याको ४४ प्रतिशतमा बीमाका पहुँच पुगेको छ । यो हिस्सा आफैमा राम्रो हो । तर अझै पनि बीमाको पहुँच बढाउनुनर्पे आवश्यकता छ । यस्तै बीमा सेवालाई स्वच्छ, पारदर्शी र व्यवस्थित बनाउँदै गुणस्तरीय र दिगो बीमाको विकास गर्नुपर्ने छ । साथै बीमा शिक्षा र साक्षरतालाई सबै वर्ग र उमेर समूहका मानिसम्म पुर्याउनुपर्ने खाँचो छ । आगामी दिनमा प्राधिकरणले यी काम कसरी अघि बढाउँछ त ? यस विषयमा वित्तीय शिक्षा कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीसँग गरिएको कुराकानी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस