कोशी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि

अनलाइनसमय |
४ जेठ २०८२
कोशी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि

काठमाडौं, ४ वैशाख । कोशी प्रदेशसभाको सातौँ तथा बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ । प्रदेश सभा सचिवालयका अनुसार अधिवेशनको पहिलो बैठक आज अपराहृन २ बजे बस्नेछ ।

सचिवालयका कार्यवाहक सचिव गौतमराज अमात्यका अनुसार आजको बैठकमा प्रदेश प्रमुखले अधिवेशन आव्हान गरेको सूचना पढेर सुनाउने, केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८२ टेबुल हुने र प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका तर्फबाट प्रदेशसभामा धारणा राख्ने कार्यक्रम छ ।

यसैगरी, प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम ज्येष्ठ भोली सोमबार प्रदेश सभामा प्रस्तुत गर्ने भएको छ । कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले नीति तथा कार्यक्रम प्रदेश सभामा पेस गर्ने निर्णय गरेको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस