काठमाडौं, ४ जेठ । जुवातास खेल्दै गरेको अवस्थामा प्रहरीले काठमाडौंका दुई ठाउँबाट १७ जनालाई पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका–८ जयबागेश्वरीस्थित एक घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ६६ वर्षीय भीम संगतसमेत ७ जनालाई पक्राउ गरेको हो ।
शुक्रबार साँझ प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ७ हजार ९ सय १५ रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।
यस्तै काठमाडौं महानगरपालिका–२९ अनामनगरबाट जुवातास खेलिरहेको अवस्थामा भक्तपुर मध्यपुर थिमी नगरपालिका–३ बस्ने दोलखा भिमेश्वर नगरपालिका–७ घर भएका ४० वर्षीय रामजी बस्नेत समेत १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त सिंहदरबारबाट खटिएको प्रहरीले शनिबार दिउँसो उनीहरूलाई नगद २ लाख ५७ हजार ४ सय रूपैयाँ र ९ बुक तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।