काठमाडौं, ४ जेठ । कारोबारको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अङ्कले घटेको छ । आज नेप्से परिसूचक ११३ दशमलव ७७ अङ्कले घटेर दुई हजार ६०८ दशमलव ०७ बिन्दुमा कायम भएको हो ।
आज १ करोड ६९ लाख ७ हजार ७३७ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ५० करोड ९२ लाख बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन बिहीबार ७ अर्ब ८ करोड ३३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज एक सय धितोपत्रको शेयर मूल्य बढ्दा १४५ को घटेको छ । यस्तै १ धितोपत्रको भने स्थिर रहेको छ । यसदिन कुल ३०९ धितोपत्र कारोबारमा आएका छन् ।
आइतबार १३ समूहको उपसूचकमध्ये १० को उपसूचक घटेको छ भने ३ समूहको उपसूचक बढेको छ । अन्य ४ दशमलव ३, माइक्रोफइनान्स १ दशमलव १ र होटेल तथा पर्यटन समूहको शून्य दशमलव ८७, ६ दशमलव ५ प्रतिशतले बढेको छ । यसदिन व्यापार ३ दशमलव ७५, विकास बैंक २ दशमलव ३५, हाइड्रोपावर १ दशमलव ३३, निर्जीवन बीमा शून्य दशमलव ८८, जीवन बीमा शून्य दशमलव ६७, फाइनान्स शून्य दशमलव ४२, उत्पादन तथा प्रशोधन शून्य दशमलव ३५, म्युचुअल फण्ड शून्य दशमलव २८, लगानी शून्य दशमलव २१, बैंकिङ शून्य दशमलव ०३ प्रतिशतले घटेको छ ।
आज दुई कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्नेमा ओम मेगाश्री र छ्याङ्दी हाइड्रोपावर रहेका छन् । यस्तै नेपाल रिइन्सुरेन्स ८ दशमलव ५२, स्वाभिमान लघुवित्तको शेयर मूल्य ६ दशमलव ९८ प्रतिशतले बढेको छ ।
आज कर्पोरेट डेभलपमेण्ट बैंक ९ दशमलव ७८, नेपाल माइक्रो इन्सुरेन्स ७ दशमलव ५८, ग्रिन डेभलपमेण्ट बैंक ७ दशमलव ३९ र क्रेष्ट माइक्रो लाइफ इन्सुरेन्सको शेयर मूल्यमा ६ दशमलव ९८ प्रतिशतले ह्रास आएको छ ।