युएईलाई हराउँदै नेपाल पहिलोपटक विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा

अनलाइनसमय |
५ जेठ २०८२
युएईलाई हराउँदै नेपाल पहिलोपटक विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा

काठमाडौं, ५ जेठ । महिला टी–२० विश्वकपको एसिया छनोटमा नेपाल पहिलोपटक ग्लोबल छनोटमा प्रवेश गरेको छ ।

आज भएको सुपर–३ अन्तर्गतको खेलमा युएईलाई ५ विकेटले पराजित गर्दै नेपालले एक खेल अगावै शीर्ष दुईमा रहँदै ग्लोबल छनोटमा प्रवेश गरेको हो ।

युएईले दिएको ११५ रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभर ३ बलमा ५ विकेट गुमाएर पूरा ग¥यो । नेपालका लागि कप्तान इन्दु बर्माले २८ बलमा अविजित ३० रन बनाइन् । रुविना क्षेत्रीले २३ र सम्झना खड्काले २१ रन जोडिन् ।

त्यसअघि यूएईले २० ओभरमा ७ विकेट गुमाएर ११४ रन बनाउँदै नेपाललाई ११५ रनको लक्ष्य दिएको थियो । यूएईका लागि कप्तान इशा ओजाले सर्वाधिक ३९ रनको योगदान दिइन् । त्यस्तै तीर्था सतिशले २१ तथा हीना होचन्दानीले २० रन बनाए ।

नेपालले अब मंगलबार थाइल्याण्डसँग खेल्ने छ । उक्त खेलको नतिजा जस्तो आएपनि नेपाललाई फरक भने पर्ने छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस