सोमबार दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक

अनलाइनसमय |
५ जेठ २०८२
सोमबार दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं, ५ जेठ । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले बढेको छ । आज नेप्से परिसूचक २२ दशमलव ९९ अङ्कले बढेर दुई हजार ६३२ दशमलव ०५ बिन्दुमा कायम भएको हो ।

आज १ करोड ६२ लाख ५ हजार ५५८ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ३५ करोड ८८ लाख बराबरको कारोबार भएको छ । आइतबार ८ अर्ब ५० करोड ९२ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज १८५ धितोपत्रको शेयर मूल्य बढ्दा ६० को घटेको छ । यस्तै २ धितोपत्रको भने स्थिर रहेको छ । यसदिन कुल ३२४ धितोपत्र कारोबारमा आएका छन् ।

सोमबार १३ समूहको उपसूचकमध्ये १२ को उपसूचक बढ्दा एक समूहको उपसूचक मात्र घटेको छ । आज विकास बैंक २ दशमलव ०१, निर्जीवन बीमा १ दशमलव ४१, बैंकिङ १ दशमलव २८, व्यापार १ दशमलव ०८, हाइड्रोपावर १ दशमलव ०५, लगानी शून्य दशमलव ७६, फाइनान्स शून्य दशमलव ७३, जीवन बीमा शून्य दशमलव ५७, अन्य शून्य दशमलव ५५, उत्पादन तथा प्रशोधन शून्य दशमलव ३८, म्युचुअल फण्ड शून्य दशमलव ३७ र माइक्रोफाइनान्स शून्य दशमलव २२ प्रतिशतले बढेको छ ।

यसदिन होटेल तथा पर्यटन १ दशमलव ०१ प्रतिशतले ह्रास आएको छ ।

आज दुई कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्नेमा सप्तकोशी डेभलपमेण्ट बैंक र ओम मेगाश्री रहेका छन् । यस्तै कर्पोरेट डेभलपमेण्ट बैंक, सिन्धु विकास बैंक र तेह्रथुम पावर कम्पनीको शेयर मूल्य ९ दशमलव ९८ प्रतिशतले बढेको छ ।

आज विन नेपाल लघुवित्तको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । यस्तै बारही हाइड्रोपावर पब्लिक ५ दशमलव ४६, नेपाल माइक्रो इन्सुरेन्स ४ दशमलव ९३ र छ्याङ्दी हाइड्रोपावरको शेयर मूल्य ४ शदमलव ४ प्रतिशतले घटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस