काठमाडौं, ६ वैशाख । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा थाइल्याण्ड हुँदै जापान प्रस्थान गरेकी छन् । मन्त्री राणा सोमबार राति जापान प्रस्थान गरेकी हुन् ।
उनी नियमित उपचारका लागि जापान गएको उनको सचिवालयले बताएको छ ।
जापान बसाइका क्रममा उनले टोकियोमा आयोजना हुने ज्येष्ठ नागरिकसम्ब्नधी अन्तर्राष्ट्रिय सम्मेलनमा पनि सहभागी हुने बताइएको छ । उनले उक्त सम्मेलनमा सम्बोधनसमेत गर्ने कार्यक्रम छ । साथै राणाले त्यहाँ रहँदा द्विपक्षीय भेटवार्तासमेत गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ ।