काठमाडौं, ६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबीच भेट भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटमा पछिल्लो समसामयिक घटनाक्रमबारे छलफल भएको जनाइएको छ ।
प्रधानमन्त्री ओलीको अस्वस्थताका कारण आज बसिरहेको प्रतिनिधिसभाको बैठकमा हुने प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हटाइएको छ ।
यसअघि सोमबार देउवा र ओलीबीच भेट हुने तय गरिए पनि प्रधानमन्त्री ओली अस्वस्थ भएपछि रोकिएको थियो ।
सत्तारुढ दलहरूबीच रस्साकस्सीका कारण राष्ट्र बैंक गभर्नर नियुक्ति हुन सकेको छैन । लामो समयदेखि राष्ट्र बैंकमा गभर्नर नियुक्त हुन नसकिरहेका बेला दुई नेताबीच यस विषयमा पनि कुराकानी हुने बुझिएको छ ।