विश्वनाथ पौडेल राष्ट्र बैंकको गभर्नर नियुक्त

अनलाइनसमय |
६ जेठ २०८२
विश्वनाथ पौडेल राष्ट्र बैंकको गभर्नर नियुक्त

काठमाडौं, ६ जेठ । नेपाल राष्ट्र बैंकको गभर्नरमा अर्थविद् डा. विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । उनी राष्ट्र बैंकका १८औँ गभर्नर बनेका हुन् ।

अर्थ मन्त्रालयमा आजै बसेको गभर्नर सिफारिस समितिको बैठकले अर्थविद् पौडेलसहित राष्ट्र बैंककै कायममुकायम गभर्नर डा. नीलम ढुंगाना र पूर्वसचिव दिनेश भट्टराईको नाम सिफारिस गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस