काठमाडौं, ७ वैशाख । नेपाली बजारमा सुनको मूल्य एकै दिन तोलामा पाँच हजार रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन मंगलबार सुन प्रतितोला १ लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । मंगलबार प्रतितोला १ हजार ९४० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ९९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।