काठमाडौं, ८ जेठ । राष्ट्रिय मानव अधिकार आयोगले द्वन्द्वपीडितलाई विश्वासमा लिएर काम गर्न सबै सरोकारवालालाई आग्रह गरेको छ ।
आयोगले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै पीडितको स्वीकार्यता, सन्तुष्टि र सहभागितामै संक्रमणकालीन न्यायको सफलता निर्भर हुने स्पष्ट पारेको छ ।
‘नेपाल सरकारले विगत दुई वर्षदेखि रिक्त रहेको संक्रमणकालीन न्याय सम्बन्धी दुई आयोगहरु गठन गरेको सन्दर्भमा द्वन्द्वपीडितहरुले आयोग गठन प्रक्रियाप्रति गरेको असहमतिप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको छ,’ आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पीडितहरूको पीडितहरूको स्वीकार्यता, विश्वसनीयता र सहयोगबाट मात्र सङ्क्रमणकालीन न्याय टुङ्गोमा पुग्दछ भन्ने कुरामा आयोग स्पष्ट छ ।’
विवादलाई संवादबाट हल गर्दै पीडितलाई न्याय दिलाउनु जरूरी भएको उल्लेख गर्दै आयोगले विगतका असफलता दोहोरिन नदिन गम्भीर ध्यान दिनुपर्नेमा जोड दिएको छ ।
यस्तै संक्रमणकालीन न्याय केवल कानुनी प्रक्रिया नभई पीडितको अनुभूति र भविष्यमा द्वन्द्व नदोहोरोस् भन्ने सुनिश्चितता पनि जरुरी भएको भन्दै आयोगले अन्तर्राष्ट्रिय अभ्यासलाई आत्मसात गर्न आग्रह गरेको छ ।
आयोगले पीडितप्रति न्यायप्रदायमा प्रतिबद्धता दोहो¥याउँदै सबै पक्षलाई गम्भीर र संवेदनशील भएर अघि बढ्न अनुरोध गरेको छ ।
