कोशीको नीति तथा कार्यक्रम पारित

अनलाइनसमय |
११ जेठ २०८२
कोशीको नीति तथा कार्यक्रम पारित

काठमाडौं, ११ जेठ । कोशी प्रदेशको नीति तथा कार्यक्रम पारित भएको छ ।

आइतबार बसेको प्रदेश सभा बैठकले आगामी आर्थिक वर्ष २०८२÷ ८३ को नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो ।

बैठकमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नीति तथा कार्यक्रम पारित गर्नेसम्बन्धी प्रस्ताव पेस गरेका थिए ।

सभामुख अम्बरबहादुर विष्टले मुख्यमन्त्रीको प्रस्ताव ध्वनी मतका आधारमा बहुमतले पारित भएको घोषणा गरे ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस