नौ महिनामा चालू खाता र शोधनान्तर बचतमा

अनलाइनसमय |
१२ जेठ २०८२
नौ महिनामा चालू खाता र शोधनान्तर बचतमा

काठमाडौँ, १२ जेठ । चालू आर्थिक वर्ष (आव)को नौ महिनामा चालू खाता तथा शोधनान्तर दुबै बचतमा रहेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको समिक्षा अनुसार चालू खाता २ खर्ब १० अर्ब २२ करोडले र शोधनान्तर ३ खर्ब ४६ अर्ब २३ करोड रुपैयाँले बचतमा रहेको छ ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा चालू खाता १ खर्ब ७९ अर्ब ८३ करोड र शोधनान्तर ३ खर्ब ६५ अर्ब १६ करोड रुपैयाँले बचतमा थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस