तोलामा १६ सयले घट्यो सुनको मूल्य

अनलाइनसमय |
१४ जेठ २०८२
तोलामा १६ सयले घट्यो सुनको मूल्य

काठमाडौं, १४ जेठ । बुधबार पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुनको तोलामा १ हजार ६ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन तोलामा २ सय रुपैयाँले घटेर १ लाख ९० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । अघिल्लो कारोबार दिन मंगलबार तोलामा १ हजार ९९५ रुपैयाँमा कारोबार भएको चाँदी आज २ हजार ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस