एआईजीको निर्देशन : प्रदर्शन नियन्त्रणमा संयमता र मानवअधिकारको ख्याल गरियोस्

अनलाइनसमय |
१४ जेठ २०८२
एआईजीको निर्देशन : प्रदर्शन नियन्त्रणमा संयमता र मानवअधिकारको ख्याल गरियोस्

काठमाडौं, १४ जेठ । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख (एआईजी) टेकबहादुर तामाङले प्रदर्शन नियन्त्रणको क्रममा संयमता अपनाउन र मानवअधिकारको ख्याल गर्न निर्देशन दिएका छन् ।

काठमाडौंमा राजावादी प्रदर्शनको अघिल्लो दिन मातहतका प्रहरी अधिकारीलाई निर्देशन दिँदै एआईजी तामाङले प्रदर्शनको क्रममा बल प्रयोग गर्नु पर्ने अवस्था आए अवलम्बन गर्नुपर्ने बल प्रयोगको सिद्धान्त र मानव अधिकारको सम्मान गर्न निर्देशन दिएका हुन् ।

यस्तै महानिरीक्षक तामाङले काठमाडौ उपत्यकामा हुने कुनै पनि विरोध प्रदर्शनको कार्यक्रममा भिड नियन्त्रणमा अग्र पङ्त्तिमा खटिने प्रहरी कर्मचारीहरूलाई सामुहिक भावनाका साथ ऐक्यवद्ध भई उच्च मनोबलका साथ पूर्ण व्यवसायिक तवरले कार्य गर्न निर्देशन दिए ।

कार्यक्रममा नेपालका प्रहरी वरिष्ठ उपरीक्षकहरु, प्रहरी उपरीक्षकहरु, सिनियर प्रहरी अधिकृतहरू तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको १७ वर्ष पूरा हुँदै गर्दा गणतन्त्रको विरोधी समूहहरूले पूर्वराजाको पक्षमा बीहीबार काठमाडौं उपत्यकामा प्रदर्शन गर्दैछन् । यसमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पनि सामेल छ ।

साथै सत्तारुढ नेकपा (एमाले) पनि सोही दिन उपत्यकामा प्रदर्शन गर्ने तयारीमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस