काठमाडौं, १४ जेठ । प्रतिनिधिसभा बैठक आधा घण्टाका लागि स्थगित भएको छ ।
बैठक सुरू भएलगत्तै विपक्षी दलहरूले उठेर निरन्तर अवरोध गरेपछि सभामुख देवराज घिमिरले बैठक स्थगित गरेका हुन् ।
भिजिट भिसा सेटिङ प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग विपक्षी दलहरूले बुधबार दोस्रो दिन पनि सदनमा नारावाजी गरेका छन् । विपक्षीले नाराबाजी गरेपछि मंगलबार आधा घण्टाका लागि स्थगित भएको बैठक पछि सूचना टाँसेर आज बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको थियो ।