बजेट स्वीकृत गर्न मन्त्रपिरिषद्को बैठक बस्दै

अनलाइनसमय |
१५ जेठ २०८२
बजेट स्वीकृत गर्न मन्त्रपिरिषद्को बैठक बस्दै

काठमाडौं, १५ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट ल्याउँदैछ । त्यसअघि बजेट स्वीकृत गर्न मन्त्रीपरिषद्को बैठक दिउँसो १ः४५ बजेका लागि बोलाइएको छ ।

बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ । आजै अपराह्न राष्ट्रिय योजना आयोगका अध्यक्ष प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा आयोगको बैठक हुने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

सङ्घीय संसद्मा अपराह्न ३ः०० बजे उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट प्रस्तुत गर्ने कार्यसूची छ ।

जेठ १५ गते बजेट पेस गर्नुपर्ने संवैधानिक प्रावधानअनुरूप अर्थमन्त्री पौडेलले संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस