नेपाली क्रिकेट टोलीको कन्सल्ट्यान्ट प्रशिक्षकमा निक पोथास नियुक्त

अनलाइनसमय |
१५ जेठ २०८२
नेपाली क्रिकेट टोलीको कन्सल्ट्यान्ट प्रशिक्षकमा निक पोथास नियुक्त

काठमाडौं, १५ जेठ । दक्षिण अफ्रिका पूर्व क्रिकेटर निक पोथास नेपाली पुरुष क्रिकेट टोलीको कन्सल्ट्यान्ट प्रशिक्षकमा नियुक्त भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार एक विज्ञप्ती जारी गर्दै निकलाई आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत स्कट्लयाण्ड भ्रमणका लागि कन्सल्ट्यान्ट प्रशिक्षकका रुपमा नियुक्त गरेको जनाएको छ ।

नेपाली टोली हाल विश्वकप लिग टु को आफ्नो चौथो राउण्डको खेलका लागि स्कटल्याण्डमा छ । स्कटल्याण्ड भ्रमणका क्रममा नेपालले घरेलु टोली तथा नेदरल्याण्ड्सको सामना गर्नेछ । त्यसअघि स्कटल्याण्ड ए टिमसँग मे २९ र ३१ मा अभ्यास खेल खेल्दैछ ।

५१ वर्षिय लिग टु को तयारीका लागि नेपाली टोलीले बेलायतमा पुगेर केही अभ्यास खेल खेलेको थियो ।

पोथासले सन् २००० मा टोलीको पाकिस्तान भ्रमणका क्रममा ३ ओडिआई खेल खेलेका थिए । पोथासले वेस्ट इण्डिज तथा श्रीलंकाको अन्तरिम मुख्य प्रशिक्षकको जिम्मेवारी समेत पूरा गरि सकेका छन् ।

पोथास पछिल्लो समयमा बंगलादेश क्रिकेट टिमको सहायक मुख्य प्रशिक्षकको जिम्मेवारीमा रहेका थिए ।

May be an image of 1 person and text that says '#Appointed CAN NIC POTHAS Consuttant Coach Nepal Men's Nic Pothas has beena appointed as the consultant coach the Nepal Men's National Cricket eam for Nepal Tour Scotland #NepalCricket'

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस