अर्थमन्त्रीद्धारा संसद्मा आर्थिक सर्वेक्षण पेस, आर्थिक वृद्धिदर ४.६१ प्रतिशत

अनलाइनसमय |
१५ जेठ २०८२
अर्थमन्त्रीद्धारा संसद्मा आर्थिक सर्वेक्षण पेस, आर्थिक वृद्धिदर ४.६१ प्रतिशत

काठमाडौं, १५ जेठ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्ष २०८१/८२ को आर्थिक सर्वेक्षण संघीय संसद्मा पेस गरेका छन् ।

उनले बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा मुलुकको समग्र आर्थिक, सामाजिक र भौतिक स्थिति समेटिएका आर्थिक सर्वेक्षण पेस गरेका हुन् ।

अथैमन्त्री पौडेलले यस वर्ष आर्थिक वृद्धिदर प्राप्त हुने ४.६१ प्रतिशत पुग्ने अनुमान गरिएको जानकारी गराए । उनका अनुसार मुलुकको कुल गार्हस्थ उत्पादन (जीडीपी) यो अािर्थक वर्ष ६१ खर्ब ७ अर्ब पुग्नेछ ।

त्यस्तै मुद्रास्फीति ४.७२ प्रतिशत रहने अनुमान गरिएको छ । फागुन २०८१ सम्म सार्वजनिक ऋण २६ खर्ब ७६ अर्ब पुगेको उनले जानकारी दिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस