काठमाडौं, १५ जेठ । सहकारीमा रकम अपचलन गर्नेहरुको सम्पत्ती रोक्का वा बिक्री गरी बचतकर्तालाई फिर्ता गर्न सरकारले चक्रिय कोष स्थापना गर्ने भएको छ ।
ंघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सहकारीको रकम अपचलन गर्नेहरुको जग्गा जमिन बेचेर भएपनि रकम फिर्ता दिने घोषणा गरेका हुन् ।