काठमाडौं, १५ जेठ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका लागि ५७ अर्ब ४८ करोड बजेट विनियोजन गरिएको छ ।
संघीय संसदको संयुक्त बैठकमा आगामी आवको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका लागि ५७ अर्ब ४८ करोड रुपैयाँ बजेट विनियोजन गरेका हुन् ।
यस अन्तर्गत सिंचाई सुविधा, कृषि यान्त्रिकिकरण, बजारीकरण तथा बिमा प्रिमियमा दिइने अनुदानलाई पनि समेटिएको छ ।