काठमाडौं, १५ जेठ । सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका लागि ७ अर्ब ७२ करोड विनियोजन गरेको छ ।
संघीय संसदको संयुक्त बैठकमा आगामी आवको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका लागि ७ अर्ब ७२ करोड बजेट छुट्याएको जानकारी दिएका हुन् ।
उनले सञ्चार तथा सूचना प्रविधि क्षेत्रमा विकसित नवितम प्रविधिको खोज अनुसन्धान र नवनप्रवर्तनलाई जोड दिइने तथा डिजिटल नेपाल फ्रेमवर्कको दोस्रो संस्करणलाई जोड दिइने बताए । डिजिटल साक्षरताका विशेष कार्यक्रम सञ्चालन गर्ने विषय पनि बजेटमा उल्लेख छ ।
.