शिक्षक बैंकको स्थापना गर्ने सरकारको घोषणा

अनलाइनसमय |
१५ जेठ २०८२
शिक्षक बैंकको स्थापना गर्ने सरकारको घोषणा

काठमाडौं, १५ जेठ । सरकारले शिक्षक बैंकको स्थापना गर्ने घोषणा गरेको छ ।

संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले शिक्षक बैंक स्थापना गर्ने घोषणा गरेका हुन् ।

विश्वविद्यालयको सहकार्यमा शिक्षक बैंकको स्थापना गर्न लागिएको उनले बताए । उनले स्नातक गरेकालाई स्वयंसेवक शिक्षकको वयवस्था गरिने, शिक्षक दरबन्दीको पुनरावलोकन गर्ने बताए ।

अर्थमन्त्री पौडेलले अंग्रेजी, गणित र विज्ञान विषयको शिक्षक अभाव हुन नदिने घोषणा गरे ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस