काठमाडौं, १५ जेठ । सरकारले माध्यामिक शिक्षा परीक्षा (एसईई) प्रदेशबाट सञ्चालन गर्ने घोषणा गरेको छ ।
सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/ ०८३ को वार्षिक बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले माध्यामिक शिक्षा परीक्षाको सञ्चालन प्रबन्ध प्रदेशबाट गरिने घोषणा गरेका हुन् ।