दिवा खाजामा बजेट वृद्धि, १० अर्ब १९ करोड विनियोजन

अनलाइनसमय |
१५ जेठ २०८२
दिवा खाजामा बजेट वृद्धि, १० अर्ब १९ करोड विनियोजन

काठमाडौं, १५ जेठ । सरकारले कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई उपलब्ध गराइँदै आएको दिवा खाजा कार्यक्रमको बजेटमा बृद्धि गरी १० अर्ब १९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बिहीबार बजेट सार्वजनिक गर्दै यसबारे जानकारी दिएका हुन् ।

अर्थमन्त्री विष्णु पौडेलका अनुसार २८ लाख विद्यार्थी दिवा खाजामा समेटिने छन् । शिक्षा क्षेत्रका सशर्त अनुदान कार्यक्रमलाई क्रमशः वित्तीय समान्यीकरण अनुदानमा रूपान्तरण गरिने उनले बताए ।

त्यस्तै सेनेटी प्याडका लागि १ अर्ब२९ करोड रकम विनियोजन गरिएको छ । यसबाट १३ लाख विद्यार्थीले लभान्वित हुने पौडेलले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस