काठमाडौं, १५ जेठ । आगामी आर्थिक वर्ष २०८२–८३ का लागि सरकारले ५.६ प्रतिशतले बढाएर बजेट ल्याएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज संसद्मा बजेट प्रस्तुत गर्दै चालू आर्थिक वर्षको भन्दा उक्त प्रतिशतले बढाएर १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट ल्याएका हुन् ।