काठमाडौं, १५ जेठ । सरकारले आगामी वर्ष चिकित्साशास्त्र, नर्सिङ लगायतको अध्ययन कोटा वृद्धि गर्ने भएको छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा गरेको प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२÷ ०८३ को वार्षिक बजेटमा यस्तो उल्लेख छ ।
साथै सरकारले निमार्णको क्रममा रहेका बर्दिबास, सुर्खेत, बुटवल र डडेलधुरामा मेडिकल कलेज पूर्वाधार निर्माणका लागि ५६ करोड रुपैयाँ छुट्याइएको छ ।