सूचना प्रविधि सेवा निर्यातबाट लाग्ने आयकरमा ७५ प्रतिशत छुट

अनलाइनसमय |
१५ जेठ २०८२
सूचना प्रविधि सेवा निर्यातबाट लाग्ने आयकरमा ७५ प्रतिशत छुट

काठमाडौं, १५ जेठ । सूचना प्रविधि सेवा निर्यातबाट लाग्ने करमा ७५ प्रतिशत छुट हुने व्यवस्था गरिएको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार आगामी आर्थिक वर्ष २०८२÷८३ को बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।

नेपालमा बसी विदेशमा सुचना प्रविधि निर्यात गर्ने व्यक्तिको आम्दानीमा ५ प्रतिशत मात्रै आयकर लाग्ने तर यो अन्तिम हुने व्यवस्था गरिएको उनले बताए ।

उनका अनुसार १० करोडसम्मको वार्षिक कारोबार गर्ने स्टार्टअपलाई ५ वर्षसम्म आयाकर नलाग्ने व्यवस्था गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस